आर्थिक समृद्धिका लागि उद्योग र व्यापार,
कालीगण्डकी उपत्यका बिकासको आधार
भन्ने मुल नाराका साथ रामपुर उद्योग वाणिज्य संघको आयोजनामा हिजो २०८१ माघ १५ गते देखि रामपुर नगरपालिका वडा नं ५ स्थित श्री रामतुलसी नमुना मा वि को खेलमैदान शुरु भएको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटन गरि महोत्सवको शोभा बढाईदिनु भएकोमा नेपाल सरकार बन तथा वातावरण मन्त्रालयका मन्त्री माननीय ऐन बहादुर शाही ज्यु, राष्ट्रिय सभा सदस्य माननीय राजेन्द्र लक्ष्मी गैरे ज्यु, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य माननीय राजु प्रसाद श्रेष्ठ ज्यु, माननीय वीर बहादुर राना ज्यु, जिल्ला समन्वय पाल्पाका प्रमुख टंक खनाल ज्यु, नगर प्रमुख श्री रमण बहादुर थापा लगाएत जनप्रतिनिधि ज्युहरु, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् तोयानारायण सुवेदी लगाएत सुरक्षा निकायका प्रमुख ज्युहरु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री मोहन प्रसाद श्रेष्ठ ज्यु, अन्तर्राष्ट्रिय बि पी चिन्तन प्रतिष्ठानका अध्यक्ष श्री संदिप राना ज्यु, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि ज्युहरु, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान का अध्यक्ष  श्री रिता थापा लगाएत राष्ट्रिय एवं स्थानीय कलाकार ज्युहरु, बिभिन्न सरकारी एवम् गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, महोत्सवका प्रायोजक,सह(प्रायोजक, सहयोगी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, संघका सल्लाहकार ज्युहरु, पत्रकार ज्युहरु, झाँकी (यालीमा सहभागी बिद्यालय एवम् बिभिन्न जाती भाषीका महानुभावहरु, बालउद्यान, अण्डर वाटर फिस टंडेल, स्टल, होटेल, आन्तरिक सुरक्षामा खटिनुहुने सुरक्षाकर्मीहरु, संघका साधारण सदस्य एवम् उद्योगी व्यवसायी मित्रहरू, महोत्सव उद्घाटनमा सहभागी रामपुर लगाएत कालीगण्डकी वेशीका आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु सबै सबैमा हार्दिक धन्यवाद 
रामपुर उद्योग वाणिज्य संघ परिवार ।।