पाल्पा जिल्लाका उद्योगी, ब्यापारी, ब्यवसायीकहरुको हकहितको संरक्षण र संवद्र्धनका साथ जिल्लाको दीगो सामाजिक, आर्थिक विकास गर्दै राष्ट्रको आर्थिक विकासका टेवा पुर्याउन देहायका उद्देश्यहरु पूर्तिका लागि नेपाल सरकारको प्रचलित ऐन कानुनको परिधि भित्र रहि यो संघ सदैब क्रियाशिल एवं प्रयत्नरत रहने छ ।
- क : यो संस्था मूनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
- ख: आप्mनो अधिकारको प्रयोग गर्दा अर्काको हकमा आघात पुप्याउने काम कुराहरु
गरिने छैन्। - ग: उद्योग वाणिज्य क्षेत्रको हक, हित र सुविधाहरुको संरक्षण र संवद्र्धन गर्नु ।
- घ : उद्योग वाणिज्य सम्बन्धि विवाद सुल्झाउन मध्यस्थता गर्नु गराउनु ।
- ङ: समान उदेश्य भएका अन्य संघ संस्थाहरुसंग सम्बन्ध विस्तार गरी आपसी विचार,
सहयोग, अनुभवको आदान प्रदान गरि समुधुर सम्बन्ध कायम गर्नु । - च : देशको आन्तरीक र अन्तराष्ट्रिय उद्योग ब्यापार प्रवद्र्धन र विकास गर्नु ।
- छ: उद्योग तथा वाणिज्य सम्बन्धि सुचनाहरु संकलन गरी आफ्नो सदस्यहरुलाई वितरण
गर्नु गारउनु । - ज : स्वदेशी उत्पादन र ब्यापारलाई प्रोत्साहन गर्नु ।
- झ : आफ्ना सदस्यहरु बीच परस्पर सहयोग र सद्भावनाको विकास गर्नु ।
- य : यस जिल्लाको, उद्योगवाणिज्यको विकास र विस्तारका लागी नगर, जिल्ला, क्षेत्रिय, राष्ट्रिय तथा नेपाल सरकारको स्वीकृति लिई अन्तराष्ट्रिय संघ संस्थागत सम्बन्ध र समन्वयको विकास गरी आवश्यक सहयोग जुटाउने ।
- ट: हस्तकला, शिल्पकला, औद्योगिक, ब्यापारिक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, संचार इत्यादिसम्बन्धी प्रदर्शनी गर्नु गराउनु र अन्य क्षेत्रमा हुने यस प्रकारका प्रदर्शनीहरुमा भाग लिनु लिन लगाउनु ।
- ठ: अर्थ, उद्योग, वाणिज्य र अन्य ब्यवसायसंग सम्बन्धित ऐन, नियम, निति, कार्यक्रम आदिकोविवेचना गर्न प्रतिकृया ब्यक्त गर्ने सुझाव पेश गर्ने ।
- ड: उद्योग , ब्यापारी वर्गमा एकता तथा वन्धुत्वको भावनाको विकास गर्ने ।
- ढ: पाल्पा जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषी तथा पशुपालन, कुटीर उद्योग र संचार क्षेत्रको विकासकोलागि तथा विभिन्न समाजिक संघ संस्थाहलाई सक्दो सहयोग गर्ने ।
- ण: उद्योग ब्यापारीहकरुको प्रतिष्ठा बढाउने , उदेश्य पुरा हुने कुनै पनि कार्य गर्ने, गराउने ।
- त: यस संघले नेपाल तथा कुनै विदेशी राष्ट्र, अन्तराष्ट्रिय संघ, संगठनको सम्बन्धमा प्रतिकुल असर पार्ने वा नेपालको परराष्ट्र नीतिको बर्खिलाप हुन जाने वा नेपालको अखण्डता, सार्वभौमसत्ता स्वतन्त्रता तथा शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम कुरा गर्ने छैन ।
- थ : माथि उल्लेखित कार्यहरु गर्दा सम्बन्धीत कार्य गर्दा सम्बन्धीत निकायको स्वीकृति लिन
पर्ने भएमा सोको स्वीकृति लिएर मात्र गरिने छ।