रामपुर तथा पाल्पा जिल्लाका विभिन्न तहका व्यापारी, व्यवसायी, उद्योगी, उत्पादक एवं उपभोक्ताको हित संरक्षण गर्दै उल्लेखित क्षेत्रसंग सम्बद्ध सबै तहका व्यवसाय, फर्म, प्रतिष्ठान आदि सबै क्षेत्रलाई समेटी उत्पादन, बजारीकरण, व्यापार व्यवसायका माध्यमबाट दिगो आर्थिकविकासका क्रियाकलापमा टेवा पु¥याउन, नेपालको प्रचलित कानुन, ऐन, नियम, नीतिको प्रतिकुल नहुनेगरी संस्थागत संरचनाको विकास गर्दै व्यापार व्यवसाय प्रवद्र्धन, बजार पहुँच, आपूर्ति व्यवस्था, आयात निर्यात सहजिकरण गर्ने एवं उत्पादन, उपभोग्य वस्तु, सेवामा गुणस्त्तरीयता कायम गर्दै उद्योग वाणिज्य व्यवसायका माध्यमबाट समष्टिगत आर्थिक सामाजिक विकासका क्रियाकलाप सञ्चालन गर्न, यस क्षेत्रमा प्रभावकारिता ल्याउदै तुलनात्मक लाभका क्षेत्र पहिचान गरी उद्यम तथा व्यवसाय विकासका लागि उद्यमशील सीप क्षमता अभिवृद्धि गर्दै रोजगार, स्वरोजगारका अवसर सिर्जना गर्न, उद्योग वाणिज्यको क्षेत्रबाट देशको आर्थिक विकासको लक्ष्यलाई टेवा पु¥याउने ध्ययले यस क्षेत्रका उद्योगी, व्यापारी, व्यवसायीको भेलाबाट “रामपुर उद्योग वाणिज्य संघ” गठन गरी सोको प्रभावकारी एवं वैधानिक रुपमा कार्यान्वयन गर्नका निमित्त विधान निर्माण गरी संस्था दर्ता गर्न वान्छनीय देखिएकोले संस्था दर्ता ऐन २०३४ को अधिनमा रही “रामपुर उद्योग वाणिज्य संघ, रामपुर–पाल्पाको विधान २०७२” तर्जुमा गरिएको छ ।