रामपुर उद्योग वाणिज्य संघको आयोजनामा करदाता सेवा कार्यालय तानसेन पाल्पाको सहयोग एवम् घरेलुु तथा साना उद्योग कार्यालय पाल्पाको समन्वयमा करदाता शिक्षा तथा उद्योग वाणिज्य फर्म संग सम्बन्धीत अन्तरक्रिया कार्यक्रम उद्योगी व्यवसायीको उल्लेखनीय उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ।
यसै कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरमा भर्खरै आउनुभएका कार्यालय प्रमुख श्री गणेश ब. कार्की ज्यु, करदाता सेवा कार्यालय तानसेन पाल्पामा भर्खरै आउनुभएका कर अधिकृत श्री सन्तोष सुवेदी ज्यु र घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेल ज्युलाई स्वागत एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ। उपस्थित सबैमा हार्दिक धन्यवाद।२०८१ असार ८ गते शनिबार