शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन र उद्योगको पूर्वाधारः रामपुर क्षेत्रको विकासको आधार भन्ने मूल नारालाई आत्मसात् गर्र्दै र संघलाई सबल र सक्षम बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ रामपुर, पाल्पाको बेझाँड बजार स्थित श्री रामतुलसी मा.वि.को खेल मैदानमा प्रथम रामपुर महोत्सव तथा व्यापार मेला–२०७३ सम्पन्न गरियो ।