नेपाल उद्योग वाणिज्य महासंघको गरिमामय ५९औं वार्षिक साधारण सभामा संघको तर्फबाट मुख्य प्रतिनिधिको रुपमा संघका अध्यक्ष श्री भोजेन्द्र प्रकाश ढकाल, प्रतिनिधिका रुपमा संघका वरिष्ठ उपाध्यक्ष श्री रुद्र नारायण श्रेष्ठ र महासचिव खिम बहादुर क्षेत्रीले सहभागीता जनाउनु भएको थियो । उक्त साधारण सभामा रामपुर उद्योग वाणिज्य संघलाई महासंघको साधारण सदस्यको प्रमाण पत्र प्रदान गरिएको थियो । साधारण सभाको समुद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा वली ज्यूले गर्नुभएको थियो ।